बिज्ञान प्रबिधि

बजारमा आयो ४९ हजारमै पाइने मोटरसाइकल ! किन्ने हाेईन त ?

हिरो मोटोकर्पले ४९ हजार ६७ भारु मूल्यमै पाइने मोटरसाइकल लन्च गरेको छ ।
आफ्नो लोकप्रिय बाइक एचएफ डिलक्सले भारतीय बजारमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम फिचरको साथ नयाँ हिरो बाइक लञ्च गरेको हो
एचएफ डिलक्स कम्पनीले आइथ्रीएस आइडल स्टार्ट स्टप सिष्टम प्रविधिको साथ नयाँ बाइक ल्याएको हो । नयाँ प्रविधिको सहयोगले बाइकको माइलेज बढ्नुको साथै प्रदूषण उत्सर्जनमा कमी ल्याउछ ।

उक्त कम्पनीले ल्याएको नयाँ बाइकमा आइर्थीएस प्रविधिको बाइक पनि उपलब्ध रहेको छ । एतएफ डिलक्सले लञ्च गरेको बाइकमा आइबीएसको अलावा ठूलो ड्रम ब्रेक दिइएको छ ।
त्यसकारण ब्रेक लगाउँदा कम दुरीमा नै रोकिने छ । यसमा बाइकको इन्स्ट्रमेन्ट क्लस्टमा पनि परिवर्तन गरिएको छ । आईथ्रीइस प्रविधिको लागि क्लस्टरमा ब्लु लाइट, साइड स्ट्यान्ड वार्निङ लाइट र फ्युल गेजपनि राखिएको छ । यो बाइकमा ग्रीनका साथै हेभी ग्रे कलरमा उपलब्ध गराइएको छ । यसमा हिरो एचएफ डिलक्समा ९७.२ को सीसी , सिंगल सिलिण्डर राखिएको छ जसले ८.३६ बीएचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा ४ स्पिड ट्रान्समिसन उपलब्ध रहेको छ । एचएफ डिलक्स आईथ्री एसको माइलेज ८८.२४ किलोमिटर प्रतिलिटर छ । सन् २०१९ लागेपछि हिरोले ल्याएको यो नयाँ बाइक हो । आगामी अप्रिल १ देखि लागू हुने गरेर सेफ्टी नम्र्सलाई ध्यानमा राखी कम्पनीले आइबिएस प्रविधि राखेको छ ।

Related Articles

Back to top button
Close