भिडियो

तोकिएको भाडादर भन्दा बढी माग्दा नदिएपछि बिच सडकमै युवतीमाथि यसरी कुटपिट-हेर्नुहोस ( भिडियो सहित)

काठमाडौँ : शुक्रबार दिउँसो कञ्चनपुरमा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि कुटपिट गरेका छन् ।कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि दुव्र्यवहार गरेका हुन् ।

भाडाको विषयलाई लिएर भएको समान्य विवादले उग्ररुप लिएपछि सवारी चालकले अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढाथापाले जानकरी दिए ।

उनका अनुसार धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेका हुन् ।
उक्त गाडीमा सवार अन्य यात्रुलाई समेत लागत भन्दा बढी भाडा मागेको गुनासोपछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको बताइएको छ
भिडियो हेर्नुहोस…

प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्किँदै, त्रिभुवन विमानास्थल ३५ मिनेट बन्द हुने !
काठमान्डौ , प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट शुक्रबार साँझ फर्किँदैछन् । उनी आउने समयमा शुक्रबार पनि त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा ३५ मिनेट अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको छ । त्रिभूवन विमानस्थलले यसका लागि ‘नोटाम’ जारी गरिसेको छ । ओली ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्दैछन् । विमानास्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार प्रधानमन्त्री आइपुग्नु भन्दा १५ मिनेट अघिदेखि २० मिनेट पछिसम्म विमानस्थलमा अन्य उडान तथा अवतरण हुनेछैन ।

ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर फर्कन लागेका हुन् । यसअघि बिहीबार उनी नयाँदिल्ली जाँदा पनि विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको थियो । उडान प्रभावित भएपछि बिहीबार विमानस्थलमा नै यात्रुले नाराबाजीसमेत गरेका थिए । नोटामका कारण दर्जनौं उडान प्रभावित हुने गरेको छ ।

Related Articles

Back to top button
Close