अन्तर्राष्ट्रिय समाचार

६ बर्षकी बालिका करणी गर्नेलाई गोली हान्न यी एसपीले माथीको आदेश पर्खेनन् यसैले जनताले गरे पूजा

काठमाडौं । रामपुर एसपी अजयपाल शर्मा जसले उत्तरप्रदेशमा एक छ वर्षीया बालिकामाथि करणी गरेको आरोप लागेका व्यक्तिलाई गोली हानेर सजाय दिए अहिले उनको चर्चा सुरु भएको छ ।

अहिले धेरै मानिसहरूले यसलाई उनको बहादुरी भनिरहेका छन् । अर्को तर्फ धेरै मानिसहरू यस विषयमा प्रश्नहरू उठाउँदै छन् । धेरैले प्रहरीको कामप्रति र देशको कानुनप्रति नै भरोसा नभएको भन्दै आलोचना गरिरहेका छन् ।

झण्डै तीन महिना पहिले क्रूर रूपमा एक छ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या गरेर शव फ्यालिएको थियो । यो अनुमान गरिएको थियो कि पहिले बच्चीको बलात्कार भयो र त्यसपछि हत्या गरियो ।

यस घटनालाई लिएर नाजील नामको व्यक्तिलाई आरोप लगाइएको थियो । दुई दिन अघि प्रहरीसँग उनको मुठभेड भएको थियो । करणी पछि हत्या आरोप लागेका अपराधिलाई एसपी शर्माको टोलीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिएर अस्पताल पठाएको थियो ।

यता सञ्चारकर्मीसँगको कुराकानीमा एसपी शर्माले अपराधिले आक्रमण गर्न खोज्दा आत्मरक्षाका लागि भएपनि गोली चलाउनै पर्ने अवस्था भएको बताएका छन् ।

अहिले सामाजिक सञ्जालमा शर्माका फोटोहरू सँगै एउटा भिडियो भाइरल भएको छ । यसमा नाजीललाई अजयपाल शर्माले मात्रै गोली हानेका देखाइएको छ । अजयपाल शर्माले यस कार्यका लागि धेरै प्रशंसा पाइरहेका छन् । यस विषयमा जानकारी लिनको लागि हामीले शर्मासँग कुरा गर्न खोजेका थियौ तर उनिसँग सम्पर्क हुन सकेन ।

अहिले सामाजिक सञ्जालमा मानिसहरू भन्छन् कि प्रहरीले पीडित परिवारलाई न्याय दिएको छ । प्रहरीको यस कार्यबाट परिवारलाई न्याय मिल्ने मात्रै नभएर दुश्कर्म गर्न खोज्ने व्यक्तिको दिमागमा डर सिर्जना गर्ने धेरैको बुझाइ रहेको छ । प्रहरीले हरेक अपराधि जो दुश्कर्म र हत्याजस्ता घटनाहरुमा संलग्न हुन्छन् उनिहरुमाथि गोली चलाउनु राम्रो भएको भनेका छन् ।

तर धेरै व्यक्तिले अर्को पनि प्रश्न उठाउँदै छन् । उत्तर प्रदेश प्रहरीका पूर्व महानिर्देशक एके जैनका अनुसार यदि अपराधिसँग मुठभेड भइरहेको छ र प्रहरीले आफ्नो आत्मरक्षका लागि गोली हान्यो भने त्यसमा केही गलत छैन तर एक बलात्कार र हत्या अभियुक्तको रूपमा गोली हान्छ भने त्यो विल्कुल गलत्त हो ।

बीबीसीसँग कुराकानीमा जैनले भने, ‘मैले खबरमा पढें कि जब प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको बेला प्रहरीले गोली हान्यो अनि प्रहरी अधिकारीले आफ्नो रक्षाका लागि गोली चलाउन पाउँछन् ।

तर बलात्कारी भन्दै गोली हान्ने अधिकार छैन, आजसम्म यस्तो कुनै आपराधिक इतिहास छैन जहाँ अपराध गरेको आरोप लागेको व्यक्तिमाथि गोली चलाइएको छ ।’ जैनका अनुसार यदि आरोपहरू साबित भएका छन् भने पनि प्रहरीलाई गोली हान्ने अधिकार छैन किनभने सजाय दिनु अदालतको काम हो प्रहरीको होईन ।

अर्को तर्फ प्रहरी अधिकारीहरुले यसलाई सस्तो लोकप्रियता लागि गरिएको भनेका छ । एक प्रहरी अधिकारीहरुका अनुसार उनलाई यो कुरा बुझ्न गाह्रो भइरहहेको छ कि अपराधि पक्राउ गर्न गएको प्रहरी अधिकारीहरुले कसरी गोली चलाउन सक्छ ।

अझ यसमा प्रहरी एसपीले गोली चलाएको दृश्य साँच्चै अनौठो हो । यति सामान्य घटनामा एसपीले नै नेतृत्व गरेर गोली हान्नु उनलाई अस्वभाविक जस्तो लागिरहेको छ ।

अहिले शर्माले चारै तिरबाट प्रशंसा पाइरहेका छन् । चर्चित पत्रिका अमर उजालाका लखनउका वरिष्ठ पत्रकार विवेक त्रिपाठीलाई एसपीले गरेको कार्य प्रशंसनीय लाग्यो ।

विवेक जसले लगभग एक दशक लामो समय देखि अपराध सम्बन्धी समाचार संकलन गर्दै आइरहेका छन् । उनि जघन्य अपराधमा संलग्नलाई यस्तै खालको सजाय दिनुपर्ने मान्यता राख्छन् ।

विवेक त्रिपाठी भन्छन्, ‘प्रहरी छ भन्ने डर अपराधीहरूमा रहनु पर्छ अन्यथा यो अपराध रोक्न सजिलो छैन । हामी अपराध र अपराध मनोविज्ञान र अपराधीहरूको मनोविज्ञानको उपचार गर्न गइरहेका छौ । यदि तपाईं चाहानुहुन्छ समाजमा अपराधि कम हुनुपर्छ त्यसका लागि उनिहरुमा डर पैदा हुन आवश्यक हुन्छ ।’

उत्तर प्रदेशका सेवानिवृत्त डीजीपी सुब्रत त्रिपाठी पनि गोली हान्ने पक्षमा छैनन् । तर मुठभेडमा गोली चल्नुलाई उनि आश्चर्यचकित घटना मान्दैनन् ।

लखनऊका वरिष्ठ पत्रकार शरत प्रधानलाई यो घटना ‘राज्य को खराब कानून र व्यवस्था’ र ‘बेलगाम प्रहरी’ को परिणाम भएको जस्तो लाग्छ ।

उनी भन्छन्, ‘प्रहरीले आरोपका आधारमा विना प्रमाण कसैलाई गोली हान्छ भने त्यो गलत नै हो । प्रहरीले गोली हानेर आफ्नो असफलताको परिचय दिइरहेको जस्तो लाग्छ । एक महिलाले आफ्नो छोरी हराएको कुरा डेढ महिना पहिले देखि प्रहरीलाई जानकारी गराईन् ।

प्रहरीले लामो समयसम्म बच्ची फेला पार्न सकेन् । उनको शरीर फेला परेको कुरा अन्य मानिसहरूले जानकारी नगर्दासम्म प्रहरी बेखबर नै थियो । यो एक प्रतिनिधि घटना हो । यस्ता घटनाहरु समाजमा धेरै छन् ।’

यूपी प्रहरीको मुठभेड बारेमा प्रश्न उठेको छ । यता , सेवानिवृत्त डीजीपी जैनका अनुसार, मुठभेडका घटनाहरु अब दुर्लभ छन् । उनका अनुसार उनले ७० को दशक तिर उनले आफ्नो सेवा सुरु गरेका थिए ।

उनको कार्यकालमा वर्षमा सयौं मुठभेडहरु भए जसमा झण्डै २५० जना जति त मारिएका पनि थिए । उनका अनुसार वर्षेनी घाइतेहरुको संख्या पनि हजारौं हुन्थ्यो ।

अहिले मुठभेडमा कमी आएको जस्तो उनलाई लाग्छ । अहिले मानव अधिकार आयोगको कठोरता पछि प्रहरी अधिकारीहरुमा डर पैदा भएको छ । अनुसन्धान एजेन्सी र उच्च न्यायालयले पनि प्रहरीलाई नियन्त्रणमा राख्न खोजेको जस्तो देखिएको छ ।

अहिले सर्वसाधारण नागरिकहरुले पनि यसबारे प्रश्न उठाउन सक्छन् । प्रहरीले नक्कली मुठभेड कम गर्दै लगेको छ । तर अपराधीहरूलाई नियन्त्रणमा लिनको लागि खुट्टामा गोली हान्ने चलन भने रोकिएको छैन ।

पहिलेको मुठभेड भनेको युद्ध जस्तो भएको जैन याद गर्छन । त्यो बेलामा प्रहरी वा अपराधि मध्य कोही न कोही मर्नैपर्ने हुन्थ्यो । एसपी अजयपाल शर्मा केहि दिनअघि मात्रै रामपुर गएका छन् ।

यो भन्दा पहिले, प्रयागराज प्रहरी मुख्यालयमा एसपीको रूपमा काम गरिएको थिए । पुलिस अधिकारीको बीचमा ‘इनकाउन्टरम्यान’ को रूपमा चिनिने अजयपाल शर्मा झण्डै दुई हप्ता पहिले रामपुर आएका हुन् ।

Related Articles

Back to top button
Close