मनोरंजन

निखिल उप्रेती श्रीमती संचिता लुइटेलको जोडी फेरी एकसाथ एउटै फिल्ममा देख्न पाईने…

एक्सनस्टारका रुपमा चिनिने निखिल उप्रेती नयाँ चलचित्र ‘आयो भैरव’मार्फत दर्शकमाझ आउने भएका छन् ।उनी केही वर्ष चलचित्र क्षेत्रबाट हराएपनि अहिले भने लगातार नयाँ चलचित्रमा काम गरिरहेका छन् ।

उनले यसअघि रुद्र ,पिजडा ब्याक अगेन , भिलेन र लुटेरा लगायतका चलचित्रमा काम गरिसकेका छन् । तर यी चलचित्रले खासै सफलता हात पार्न सकेन् ।त्यसपछि पनि निखिलले निराश नभई नयाँ चलचित्र ‘आयो भैरव’ निमार्ण गर्ने घोषणा गरेका छन् । चलचित्रको घोषणा गरेसँगै नायिका को बन्ने भनेर दर्शकहरुलाई कौतुहलता भइरहेको छ ।

यसअघि भैरवमा उनले नायिका अनु शाहसँग जोडी बाधेका थिए । अहिले भने उनले आफ्नै श्रीमती संचिता लुइटेललाई खेलाउने खबर बाहिर आएको छ । तर निखिलले यो विषयमा केही बोलेका छैनन् ।

हाल यस चलचित्रको निकै मिहेनतको साथ स्क्रिप्टको काम भइरहेको छ । यस चलचित्रको निर्देशन पनि निखिल स्वयमले नै गर्ने छन् ।
हाल यस चलचित्रको निकै मिहेनतको साथ स्क्रिप्टको काम भइरहेको छ । यस फिल्ममा निखिल प्रहरी कै भुमिकामा रहने र चलचित्रलाई पनि आफैले निर्देशन गदैछन् ।

Related Articles

Back to top button
Close