मनोरंजन

यसकारण जन्मिएन राजेश हमालको बच्चा

३ सयको हाराहारि चलचित्रमा काम गरेका अभिनेता राजेश हमालको छुट्टै शान छ । इज्जत छ । कहिल्यै बिबादमा नफस्ने हमालका हरेकजसो विषय मिडियामा राम्रै मसाला बन्ने गरेका छन् । बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तनावमा पार्ने गरेको छ ।

सकेसम्म मिडियासँग दुरी राखेर हिड्ने हमालले दिने प्रश्नको जवाफ शैली पनि अचम्मको छ । ४ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त ? हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको कफि गफमा उनले यो प्रश्नको जवाफ दिएका छन् ।

हिजो तपाइहरुलेनै निरन्तर किने विहे भएन भने वाक्क पार्नुभयो, विहे गरियो अहिले फेरी अर्को प्रश्नले तनावमा पार्नुभयो, लामो हाँसोकाबिच हमालले भने, ‘बास्तवमा यो विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भ्रर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं ।’ हमाल पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला ।

अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त मरेको छैन होला । तर, उनले सन्तान जन्माउने विषयमा अहिले भ्रर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिएर पन्छिए । तर हमालले सवै दम्पत्तीले आफुले जस्तै वच्चा नजन्माएर बस्न नहुने तर्क राख्छन् । ‘मधु र मेरो विचार अनुसार अहिले भ्रर्खरै बा–आमा नबन्ने सोचेका हौं, मलाई लाग्छ मधुलाई सायद सन्तानको पिरलो छैन जस्तो लाग्छ’, हमालले भने ।

हमालले आफ्नो एकल निर्णयले दाम्पत्य जिवन नचल्ने र श्रीमती मधुले चाहना नगरेसम्म बच्चा नजन्माउने बताए । यो उमेरमा पनि बच्चा नजन्माउदा धेरैलाई अचम्म लाग्न सक्छ, उनले थपे, ‘एउटा परिपक्क उमेरमा हरेक दम्पत्तीले बच्चा जन्माउनैपर्छ, सायद हामी पनि कसैका अभिभावक त बन्नेछौं, तर अहिले यो डिसिजन गरेका छैनौं ।’

र यो पनि पढ्नुहोस्

१६ वर्ष भात नखाएका राजेश हमाल !

कुनै समय प्रत्येक नेपालीको मनमा छाउन सफल नायक हुन् महानायक राजेश हमाल ।

कुनै समय थियो चलचित्र चलाउनकै निम्ति भए पनि पोस्टरमा महानायकको तस्बिर राख्नु पथ्र्यो । उनिलाई सानो भए पनि भूमिका दिनै पथ्र्यो । उनले चलचित्रमा बोलेका संवादहरु बच्चादेखि वृद्धसम्मको मुखमुखमा झुण्डिने गथ्र्यो । कतिपयले महानायक राजेश हमाललाई हालसम्म पनि भारतका सुपरस्टार अमिताभ बच्चनँसग तुलना गर्ने गर्दछन् ।

हमाल आफ्नो शरीरलाई स्वस्थ राख्न र आफूलाई सधैँ युवा देखाउनका लागि निकै मेहेनत गर्ने कलाकारमध्येका एक हुन् । सुन्दा अचम्म लाग्न सक्छ महानायक हमालले आफूलाई स्वस्थ राख्नकै लागि झण्डै १६ वर्षसम्म भातसमेत खाएनन् । अहिले पनि उनी भात निकै कम खाने गर्छन् ।

भातमा कार्बोहाइड्रेट्सको मात्रा ज्यादा हुने र त्यसले तौलमा उतारचढाव हुने भएकोले अत्यन्तै न्यून खाने गरेको उनी बताउँछन् । खाना धेरै खाएको खण्डमा पेट ठूलो हुने र आफूलाई ठूलो पेट नसुहाउने भएकाले खानामा कहिले पनि जोड नदिएको उनको भनाई छ ।

पहिले–पहिले उनी धुम्रपानसमेत गर्ने गर्थे तर बिस्तारै उनले आफूलाई धुम्रपानबाट टाढा बनाए । उनीसँग सम्बन्ध भएका साथी तथा आफन्तहरुलाई पनि धुम्रपानबाट टाढा रहन सुझाव दिन्छन् ।

पछिल्लो समय उनी चलचित्र नगरीबाट टाढा छन् । तर पनि विभिन्न टेलिभिजन कार्यक्रमतथा विज्ञापनहरुमा भने व्यस्त रहेका छन् ।

Related Articles

Back to top button
Close