समाचार

कांग्रेस महामन्त्री कोइरालाको गाडी टेकुमा फस्यो !

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो।

त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए। बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले राजधानीलगायत देशका अधिकांश ठाउँमा जनजीवन प्रभावित भएको छ।

यो पनि पढ्नुस – नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो ।

यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । विश्वभरीका हिन्दुहरु त्यहाँ पुगेर दर्शन गर्ने गर्दछन् । हुन त न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोडनै दिईएको छ तै पनि हज्जारौ मानिसहरु पुगिरहेका छन् । सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ ।

माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन । पर्यटकको सुविधका लागि नगरपालीकाले सेल्फि प्वाईन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आर्कशक गन्तव्य बन्न पुगेको छ ।

टाढा बाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ । एक पटक यस क्षेत्रको अबलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको बर्णन गरेर थाक्दैनन् । स्वस्फुत रुपमा यस क्षेत्रले पर्यटक तान्न थालेको छ ।

Related Articles

Back to top button
Close