भिडियो

राष्ट्रपती बाट नेशनल अवार्ड लिन माग्ने बुडा र जितु दिपाको पछी पछी हिड्डा हसाउदै हिडे कत्ती रमाइलो गरी पुन्टुङ पुन्टुङ [भिडियो हेर्नुहोस ]

शितल निवासमा शुक्रवार आयोजित राष्ट्रिय अचलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा तीन दर्जन बढि फिल्मकर्मीहरु सम्मानीत भएका छन् । चलचित्र विकास बोर्डले आफ्नो १९ औं स्थापना दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो । विविध कारणले तीन बर्षदेखी रोकिरहेको समारोहलाई यसै बर्षदेखि बोर्डले निरन्तरता दिन लागेको हो ।

२०७३, २०७४ र २०७५ गरि तीन बर्षको पुरस्कार एकै पटक वितरण गरिएको हो । कार्यक्रममा सूचना तथा संचार प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटा, मन्त्रालयकै सचिव महेन्द्र गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, बोर्डका पूर्व अध्यक्षहरु, बरिष्ठ कलाकर्मीहरु, फिल्मसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधीहरु, फिल्मकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै मन्त्री बाँस्कोटाले फिल्मकर्मीहरुलाई सम्मान गर्दैै फिल्म क्षेत्रलाई समृद्धतर्फ लानुपर्नेमा जोड दिए । उनले नेपाली फिल्म क्षेत्र पनि समृद्ध नेपालको एउटा पाटो रहेकोले सकरात्मक तरिकाले सबै लाग्नुपर्ने बताए । यस्तै कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले समग्र फिल्म क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि पुरस्कार तथा सम्मानले प्रभाव पुग्ने र सबै फिल्मकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको बताएकी छिन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close