भिडियो

भारतको बाधले डुब्यो नेपाल,कांग्रेसले गर्दा पिडितलाई उद्दार गर्न सकिएन,सरकारले पहल गरे भारतमा तनाव हुने थियो [भिडियो हेर्नुहोस ]

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन् ।उनले रौतहट पूरै डुवानमा परेको सुनाईन् । ‘यस्तो अवस्थामा देश राजनीतिक एजेण्डामा अल्झिनुहुँदैन थियो’–खड्काले भनिन्‘अहिले त उद्धार तथा राहतमा जुट्नुपर्ने बेला हो । तर, हामीले संसदमा आफ्नो कुरा राख्न पाएनौं ।’ उनले बाढि, पहिरोमा परि बेपत्ता भएकाहरुको तदारुकताका साथ खोजि हुनुपर्ने बताईन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close