भिडियो

‘म पनि शिल्पाको दोश्रो श्रीमान हुँ’- शिल्पाको पहिले नै बिहे भैसकेको खुलासा गर्दै छबि भन्छन,पहिलो श्रीमान को ?[भिडियो हेर्नुहोस ]

नेपाली सिनेमा क्षेत्रमा बाघ निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको तनावले सिनेमा क्षेत्रदेखि दर्शकहरु समेत छक्क परे । केही समय अगाडी देखि नै बिवाह भएपनि औपचारिकमा खासै स्वीकार नगरीरहेका उनीहरुको झगडा प्रहरी चौकीसम्म पुग्दा चर्चाको बिषय नै बन्यो।शिल्पाले आफुलाई श्रीमानले ३ बर्षदेखि घरेलु हिंसा गरेको , कानको जाली फटुने गरी कुटेको भन्दै शान्ती सुरक्षाको माग गर्दै उजुरी दिएकी थिईन् । शिल्पाले छबिले आफुलाई गलत काम नगर्दा पनि शंका गर्ने , पिट्ने , सुन्नै नसक्ने गरी गालीगलौज गर्ने आरोप लगाएकीछिन् ।

प्रहरीकहाँ उनीहरुबीच सहमति त भयो तर शिल्पा अझै पनि छबिको घरमा पुगेकी छैनन् भने छबिले पनि आफनो परिपक्ता देखाउँदै श्रीमतीलाई घर ल्याउँने प्रयास गरेका छैनन् । तर उनले शिल्पा आफनो श्रीमती भएको , आए खुला मनले स्वागत गर्ने बताउँदै आएका छन् । एक अन्तरवार्ताको क्रममा छबिले आफुलाई ४ वटी श्रीमती बिवाह गरेको कुरालाई लिएर अनावश्यक टिप्पणी भएको बताएका छन् । उनले शिल्पाको पनि आफनो दोस्रो श्रीमान भएको खुलासा गरे । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close