भिडियोसमाचार

रबि लामिछानेको पुर्ब पत्नी नेपाल आउदै, यस्तो छ कारण

हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन्। केही समय अघि रवि लामिछानेको अमेरिकामा रहेको घर ऋणको किस्ता नतिरेका कारण लिलाम हुन लागेको कुरा सार्वजनिक भएको थियो ।शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने कुरा बाहिरिएको हो । तर उनी नेपाल के कामका लागि आउन लागेकी हुन् भन्ने कुरा भने खुलाइएको छैन । उनले सामाजिक सञ्जाल मार्फत केही ब्यक्तिलाई आफु नेपाल आउन लागेको जानकारी गराएकी थिइन् ।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे राखिएको जिज्ञासामा उनले कारण खुलाउन चाहिनन् । नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ। यद्यपी उनी नेपाल आउने मिति पनि तय भएको छैन्।२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए। रवि र इशाका दुई छोरी पनि छन्। छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन्। रविले सम्बन्ध विच्छेद गर्दा अमोरिकामा रहेको घरको किस्ता आफुले तिर्ने र छोरीहरुको पनि आर्थिक जिम्मेवारी आफैले लिने प्रतिबद्धता जनाएका थिए । तर घरको किस्ता नतिरेका कारण बैंकले लिलामी प्रकृयाका लागि सूचना जारी गरेको कुरा सार्वजनिक भएको थियो ।

Related Articles

Back to top button
Close