भिडियो

विवाह गरेको तीन बर्ष सम्म पनि घर नलगि दुलाहा बेपत्ता भएपछी कविताकुमारी सहारा बिहिन (भिडियो हेर्नुहोस )

सप्तरी जिल्लामा बिहेको तीन वर्षसम्म दुलहाले दुलही भित्र्याउन आनाकानी गरेपछि जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी र नागरिक समाजका अगुवाले दुलहीलाई घर प्रवेश गराएका छन् ।राजविराज नगरपालिका–७ का छोटु भनिने राजीव दासकी श्रीमती २५ वर्षीया कविताकुमारी साहलाई राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, इन्स्पेक्टर सुजता तुम्बाहाम्फे, राजनीतिक दलका नेता, अधिकारकर्मी र नागरिक समाजको पहलमा मंगलबार साँझ घर भित्र्याएका हुन् ।राजविराज नगरपालिकाको न्यायिक समितिबाट मंगलबार साहलाई पत्नी, बुहारीको हैसियतमा घरमा बस्न, खान, लाउन, शिष्ट व्यवहार गर्न तथा गालीगलौज, कुटपिट नगर्न भनी अन्तरिम संरक्षणात्मक आदेश जारी भएपछि उनलाई घर भित्र्याइएको हो ।

घर भित्र्याउने समय दिँदै आएका राजीवले तीन वर्षसम्म दुलही बनाएर घर लान आनाकानी गरेपछि घरपरिवारको असहमतिम दुलहीलाई घर प्रवेश गराइएको छ । लक्ष्मी आयुर्वेदिक औषधि पसल सञ्चालन गरी बसेका दास परिवारले दुलही भित्र्याउन अस्वीकार गरेपछि दबाबमा परेका राजीब घर छाडेर सम्पर्क बाहिर गएका छन् ।तीन वर्षअघि प्रेमविवाह गरेका साह र दासले सप्तरी जिल्ला अदालतबाट पति–पत्नीको नाताकायम समेत गरेका छन् । युवतीले सासु ५५ वर्षीय मन्जुदेवी साह र जेठाजु ३५ वर्षीय पंकज साहले कुटपिट गरी घरनिकाला गरेको बताएकी छिन् । पीडितले राजविराज नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी थिइन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close