भिडियो

विवादमा मुछिएका पूर्व युवराज पारस प्रति पूर्वराजा ज्ञानेन्द्र मुर्मुरिएको र संगत पनि मन परेको छैन (भिडियो हेर्नुहोस )

शाहज्यादा हुँदै असंख्य विवादमा मुछिएका पूर्वयुवराज पारस शाहप्रति पूर्वराजा ज्ञानेन्द्र शाह अलिक सकारात्मक हुँदै थिए तर उनको विवादका शिलशीला रोकिने छाँट देखिएको छैन ।दरबार हत्याकाण्डपछि राजगद्दी सम्हाल्नासाथ युवराज घोषणा नगर्नूको कारण विवाद निम्तिन्छ भन्ने नै थियो । चार महिनासम्म ०५८ सालमा युवराज घोषणा नगरिएका पारसको उदण्डतामा कमी आउला भन्ने थियो, पूर्वराजालाई । उनको बारेमा सोच्दा सोच्दै जम्मा ५ बर्षको अन्तरालमा शाह वंशीय राजतन्त्र नै मुलुकमा रहेन, गणतन्त्र आयो ।गणतन्त्र घोषणा भए पनि दरबारप्रति जनमोह शून्यमा झरेको थिएन । पहिलो संविधानसभामा त्यसको प्रतीकका आधारमा तत्कालिन राप्रपा नेपालका चार सीट र दोस्रो संविधानसभामा ह्वात्तै ग्राफ बढेर २५ सीटमा पुगेको थियो ।

एजेन्डाको दुरुपयोगमा सत्तास्वादमा कमल थापा रुमल्लिएपछि दरबारको ग्राफ फेरि स्वाट्टै घट्यो । यसो हुनुमा पारस शाहको धेरथोर ‘चिप’ बनिदिने बानी र विविध घटनाको विवादमा सतहमा उत्रिनु पनि देखियो ।दरबारनिकट स्रोतले भन्यो,‘त्यसबेला पारस शाहको हर्कत र आनीबानीमा केही सुधार आएको भए दरबारप्रतिको सहानुभूति अझ बलियो हुने थियो जस्तो लाग्छ । तर विविध विवादमा मुछिनु नै दुर्भाग्य भयो ।’ थाइल्यान्डमा लामो समय बस्दा लागुपदार्थ सेवन, कारोबार र प्रेमको विषयले पारस विवादमा तानिएका थिए । उनका कतिपय तस्बिर र पक्राउ गरिएका विषयबस्तु सतहमा आए, जुन नागरिकका लागि पटक्कै रुचीकर थिएनन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close