भिडियो

मोटरसाइकल दाइजो नपाएको निहुँमा छोरीको यसरि ह’त्या गरे ज्वाइले,छोरिले रुदै भनेकी थिइ सब कुरा (भिडियो हेर्नुहोस )

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका, ७ अकोलवामा २५ वर्षीया सन्जु देवीको ह त्या भएको छ । मृ तक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै दैनिकजसो कुटपिट गर्ने उल्लेख छ। केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ । बिहीबार दिउँसो सन्जुको मृ त्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँ टीमा डाम देखिएकाले यो ह त्या नै भएको पाइएको उनले दाबी गरे ।

जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले बताए ।केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि मृ तकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close