भिडियो

महरा रोशनी प्रकरण :अन्तत निवेदन बोकेर ‘पीडित’ रोशनी शाही प्रहरीमा पुगिन् (भिडियो हेर्नुहोस )

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौ*न दु*र्व्य*वहार भएको भन्दै सुरुमा मिडियामा आएकी महिलाले हाल आएर आफूमाथि कुनै दु*र्व्य*वहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले आइतबार निवेदन दर्ता गराएको पुष्टि गरे ।आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दु*र्व्य*वहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् ।

उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।एक अनलाइनले महराले आफूमाथि ब*लात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दु*र्व्य*वहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् ।संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close