भिडियोमनोरंजन

फेरी चर्चामा गीतको बिषयमा गायक दुर्गेश थापा,अधिवक्ताको अडान् अनुसार के जेल चलान् होलान?(भिडियो हेर्नुहोस )

पछिल्लो समय एकदम चर्चाको शिखरमा रहेको गायक, संगीतकार तथा मोडल दुर्गेश थापा चर्चामा रहेका छन् । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए । चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो ।सामान्यतया तिहारगीत भन्नेबित्तिकै परम्परागत भेषभुषामा सजिएर कुनै गाउँको घरमा सुटिङ हुने देउसी–भैलो बुझिन्छ ।

तर, दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन् भने वियरको प्रचारप्रसार गरेका छन् । यसरी तिहारमा वियर खाउँ भन्ने सन्देश दिएको भन्दै उनीमाथि कारवाही हुनसक्ने एक अधिवक्ताले बताएका छन् । अधिवक्त यज्ञमणि न्यौपानले एक अन्तर्वार्तामा उनीमाथि दुई वर्षको जेल वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुनसक्ने बताए । दुर्गेश थापको गीतले रक्सी, गाँजा, बियर सेवन गरेर तिहार मनाऔं भन्ने सन्देश दिएको अधिवक्ता न्यौपानेको तर्क छ । ‘दुर्गेस थापाको तिहार गीतले नेपाली सनातन धर्म र संस्कृतिमाथिको प्रहार गर्दै परम्परा र संस्कृतिमाथि धावा बोलेको छ,’ अधिवक्ता न्यौपाने भन्छन्, ‘यो एकदमै गलत हो, यस्ता गीतहरुलाई निरुत्साहित गर्नुपर्छ ।’ भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close