भिडियोसमाचार

डा. सुरेन्द्र के सी आलम र महरामाथी खनिदै भने राजनीति यस्तैले गर्दा धमिलो पानी भयो,समाजले के सिक्ने यस्ता बाट(भिडियो हेर्नुहोस)

मोहम्मद अफताव आलमको गाउँ रौतहटको फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्सपेक्टर इन्द्र सुवेदी। २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा वि९स्फोट भयो। घटना के कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भइसकेको थियो। तर, राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरुवा भयो।आफ्नो इलाकामा भएको भया०नक घटनाको अनुसन्धान गर्न नपाई प्रहरी इन्चार्जलाई राति नै गौर पठाइयो।

लगत्तै उनको ठाउँमा इन्सपेक्टर राजिब बस्नेत गए। तर बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अनुसन्धान होइन, घटना नै भएको छैन भन्ने तर्फ लागे। अहिले डिएसपीको रुपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो सरुवा भएकाले घट९नाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए। आलमले गरेको यस्ता किसिमका अ९पराधलाई लिएर डा.सुरेन्द्र के सीले खरो प्रतिकृया दिएका छन । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close