भिडियो

सिस्नुपानी देउसीमा धुर्मुस के.पी. ओली र मनोज गजुरेल सी चिनफिङ बनेर ओलीलाई सेटर हान्नु हाने त्यो पनि ओलि र प्रचण्ड को अगाडी(भिडियो हेर्नुहोस)

घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो ।आँगनी रङ्गोलीले सजिएको थियो । घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो । नजीकै सेतो हिमाल टलक्क टल्किएको थियो । मजेरीमा गुद्री बिछ्याइएको थियो । घरलाई वरिपरि फूलले सजाइएको थियो । त्यहाँ एउटा मादल पनि राखिएको थियो । त्यही घरमा आज लक्ष्मी पूजाको दिन घरबेटीले देउसी–भैलोलाई कुरिरहेका थिए ।

प्रज्ञा–सिस्नुपानीको टोलीले सोही घरमा आज देउसी–भैलो कार्यक्रम गर्‍यो । देउसीको शुरुमा हिमाल, पहाड, तराई, विभिन्न जातजाति, वेशभूषालाई समेटिएको सिङ्गो नेपाल झल्काउने नृत्य प्रस्तुत गरियो । त्यसपछि कवि अर्जुन पराजुलीले ‘गाउँ किन जानु’ शीर्षकको राजनीतिक दलका नेताहरुलाई व्यङ्ग्य गरिएको कविता प्रस्तुत गरियो । सो कविता प्रस्तुत गर्दैगर्दा भैलोको माहोलमा दर्शक मग्न देखिन्थे । त्यसपछि कलाकार मनोज गजुरेलले जोशीको भेषमा नेताहरुलाई व्यङ्ग्य गर्दै देउसी भट्टाउँदै आँगनमा आइपुगे । उनले नेताहरुलाई व्यङ्ग्य गर्दागर्दा राजनीतिक दलका नेताहरु मुस्कुराउँदै थिए भने दर्शनदीर्घाबाट भने ताली बर्सिए थिए । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close